काठमाडौँ, १५ चैत । काठमाडौँको हाँडीगाउँबाट दुईजनालाई पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोले काभ्रेको रोशी गाउँपालिका–३ घर भएका पोते लामा र नमोबुद्ध नगरपालिका घर भएका अनन्त तामाङलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट सशस्त्रले एउटा मेडईन युएस लेखिएको ९–एमएम पेस्तोल, पाँच राउण्ड गोली र म्याग्जिन बरामद गरेको छ ।
पक्राउ परेका उनीहरुलाई कानुनी कारवाहीका लागी स्थानीय प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्