काठमाडौँ, १६ चैत । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
आज प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदूषण बढ्दै गएसँगै न्यूनतम तापक्रम घट्न थालेको छ । काठमाडौँको न्यूनतम तापक्रम गएको फागुन २९ गते १३ दशमलव २ डिग्री सेल्सियससम्म पुगेको थियो । काठमाडौँको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम ११ दशमलव ४ डिग्री सेल्सियस थियो ।
त्यस्तै मंगलबार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्