Banner News

चीनबाट आइपुग्यो कोरोनाविरुद्धको खोप: कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी



काठमाडौँ, १६ चैत । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौँ आइपुगेको छ ।

सोमबार बिहान राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौँ ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गर्नुभयो ।

चीन सरकारले कोरोनाविरुद्धको ‘भेरासेल’ खोपको आठ लाख डोज नेपाललाई उपलब्ध गराएको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको सो खोपलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप दुई मात्रा लगाउनुपर्छ ।

विभिन्न परीक्षणहरूमा चिनियाँ खोप नेपालले हाल प्रयोग गर्दै आएको कोभिशील्ड खोपभन्दा बढी प्रभावकारी देखिएको अधिकारीहरु बताउँछन् । यद्यपि भेरासेल खोप कोभिशील्डको तुलनामा महँगो पर्दछ ।