राजनीति

सिके राउतलाई अदालतमा हाजिर हुन सूचना जारी (सूचनासहित)



नवलपरासी, १६ चैत । नवलपरासी जिल्ला अदालतले सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको छ ।

सिके राउत भन्ने डा। चन्द्रकान्त राउतलाई राज्य विरूद्धको संगठित अपराध कसुरमा हाजिर हुन आज सूचना जारी भएको छ । बाटाका म्यादबाहेक ३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउनसमेत सूचनामा उल्लेख छ । हाजिर हुन नआएमा कानुनअनुसार हुने भनिएको छ ।

रौतहट महादेव गाउँपालिका वडा नम्बर २ घर भई हाल धनुषा जनकपुर उपमहानगर वडा नम्बर ८ डेरा गरी बस्ने राउतलाई अदालतमा हाजिर हुन भनिएको छ । राउत जनमत पार्टीका प्रमुख छन् ।

यस्तो छ सूचना,