Banner News

थप १६७ जनामा कोरोना संक्रमण, ११५ जना डिस्चार्ज



काठमाडौँ, १७ चैत । थप १ सय ६७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार १ सय ४७ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १३ सय ९० जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय १५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७२ हजार ७ सय २७ जना रहेको छ । आज ३ जनाको भएसगै मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेको छ ।