Banner News

थप १२८ जनामा कोरोना संक्रमण, १६१ जना डिस्चार्ज



काठमाडौँ, २१ चैत । थप १ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ७ सय ६८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १६ सय १३ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज १ सय ६१ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७३ हजार १ सय २३ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ३२ जना पुगेको छ ।