समाचार

जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु



पाल्पा, २४ चैत । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

काजिपौवाबाट कुखुरा राखेर तानसेन जाँदै गरेको २ च ६३२ नम्बरको जीप गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार तानसेन नगरपालिका काजिपाैवामा जीप दुर्घटना हुदा चालक बगनाँसकाली गाउँपालिका-४ का २० वर्षका विजय खाम्चा मगर र रिब्दीकोट- ४ का २७ वर्षका राज थापाको मृत्यु भएको हो ।