Banner News

थप ३३९ जनामा कोरोना संक्रमण, ७४ जना डिस्चार्ज



काठमाडौँ, २५ चैत । थप ३ सय ३९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ८ सय १९ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या २ हजार २ सय १ जना जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७३ हजार ५ सय २९ जना रहेको छ । आजसम्म मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको छ ।