काठमाडौँ, २७ चैत । नेकपा (माओवादी केन्द्र)ले कारबाही गरेका चार पूर्वमन्त्रीलाई आज पुनः मन्त्री नियुक्त गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आज टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पुन नियुक्त गर्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनीहरूलाई मन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्