राजनीति

कांग्रेसलाई सांसद पहारीको काउण्टरः ‘जुन गोरुको सिङ छैन, उसैको नाम तिखे ?’



पोखरा, २७ चैत । नेकपा एमालेका युवा नेता, पूर्वयुवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजीव पहारीले नेपाली कांग्रेसलाई कडा रुपमा काउण्टर दिनुभएको छ ।

प्रदेश सभाको आजको बैठकमा बोल्दै सांसद पहारीले कांग्रेसले नेपाली राजनीतिमा गरेको भ्रष्टाचार तथा मुलुकको हित विपरितका असंख्य गतिविधिहरु आम नेपाली जनतामा प्रष्ट रहेको औंल्याउँदै आफ्नो गल्ती र कमजोरिलाई छेक्न वर्तमान सरकारलाई दोष देखाउनु लज्जास्पद तथा घृणित भएको बताउनुभयो ।

आजको बैकठमा एमाले र कांग्रेसका नेताबीच एक आपसमा दोषारोपणको दोहोरी नै चलेको थियो । प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्बा गुरुङको नेतृत्वमा बनेको सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आलोचना गरेका थिए । सोही प्रशंगलाई काउण्टर दिँदै सांसद पहारीले कांग्रेसको विगत तथा वर्तमानको पेरिहस्त उतारिदिनुभयो ।

प्रदेश सरकारको विरोध गर्नेहरुले सरकारले गरेका जनमूखी कामहरुलाई तथ्यगत रुपमा हेर्न आग्रह गर्दै सांसद पहारीले गण्डकी प्रदेश सरकारले आर्थिक अनुशासन, पारदर्शी तथा शुन्य सहनशिलतालाई आत्मसात् तथा जवाफदेहीता र जनउत्तरदायीत्व बोघ गर्दै काम गरेको दावी गर्नुभयो । सरकारले सडक, ढल, खानेपानी, विद्यालय, वातावरण स्वच्छता, प्रकृतिको संरक्षणलगायतका असंख्य कामहरु जनताले देख्ने र भोग्ने गरी गरिरहेको उदाहरणसहित प्रस्तुत गर्दै सांसद पहारीले सरकारले जनताको तिव्र विकास प्रतिको मुर्छित सपनालाई पुरा गर्दै लगेको दावी गर्नुभयो । त्यस्तै प्रदेश सरकार विकासको लागि मात्र नभई जनताको सुख दुःखमा समेत सदैव साथमा रहेको उल्लेख गर्दै राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो देख्ने बानिको विकास गर्न कांग्रेसलाई आग्रह समेत गर्नुभयो ।

राज्यका विभिन्न निकायमा विचाराधिन रहेका मुद्धाहरुको बारेमा अनावश्यक टिप्पणी गरी अनुसन्धानलाई प्रभावित पार्नु नहुने उल्लेख गर्नुभयो । राज्यले दोषी ठहर्याई कानुनी कारवाही गरी सकेकाको वारेमा बोलिरहँदा बोल्नेलाई भन्दा पनि सुन्नेलाई लाज हुने सविस्तार उल्लेख गर्दै सांसद पहारीले राज्यले भ्रष्टाचार तथा अन्य सार्वजनिक अपराध प्रमाणीत भएका कुनै पनि दलका नेताले निर्वाचनमा लड्न नपाउने व्यवस्था गर्न लाग्दा भ्रष्टाचारी प्रमाणीत भए पनि निर्वाचन लड्न पाउनुपर्छ भनि संघिय संसद कडा रुपमा वकालत गरेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राज्यका विभिन्न निकायलमा विचाराधिन रहेका मुद्धालाई आफै वकिल र आफै न्यायधिस भएर फैसला सुनाउने विद्वान माननियहरुमाथि टिप्पणी गर्नुको कुनै अर्थ छैन । जुन गोरुको सिङ छैन उसको नाम तिखे भने जस्तै जन पार्टी संघिय संसदमा भ्रष्टाचारी भएर कारवाही भोगिसेकका छन् तिनिहरु पनि निर्वाचनमा भाग लिन पाउनुपर्छ भनेर वकालत गरेर संघिय संसद अवरुद्ध गरेको पनि झलझली आइरहेको छ । जसले भ्रष्टाचारीलाई फुलको माला लगाएर सम्मान गर्छ, उसैले देश र जनताकोलागी काम गर्नेलाई सरकारलाई दोष लगाउने ? विगतलाई हेरौ, आफुले आफैलाई साक्षी राखेर कुरा गरौ, तथ्यगत रूपमा अगाडी बढौ । आलोचनाको लागी आलोचना नगरौ ।’

उहाँले सरकार आफु पनि गल्ती नगर्ने र गल्ती गर्नेलाई जस्तोसुकै परिस्थितीमा पनि कानुनी दायरामा ल्याउने दृढताका साथ अगाडी बढिरहेको उल्लेख गर्नुभयो । कोरोनाको समयभन्दा अगाडी सुशासन र विधिको शासन स्थापीत गर्न नेपाल विश्वमा अगाडी उक्लने क्रममा रहेको तथ्यहरु सार्वजनिक गर्दै सांसद पहारीले भ्रष्टाचार नियन्त्रणमा समेत नेपाल अघिल्लो वर्षभन्दा ११औं स्थान माथि उक्लीएको जानकारी गराउनुभयो ।