Banner News

प्रचण्डद्वारा निर्वाचनमा एमालेलाई कुनै पनि हालतमा हराउन नसक्ने स्वीकार



काठमाडौँ, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कलम दाहाल प्रचण्डले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध एक्लै कुनै पनि हालतमा हराउन नसक्ने भएकाले अन्य राजनीतिक दलको शरण माग्नुभएको छ ।

माओवादी केन्द्रको कर्णाली प्रदेश सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा एमालेलाई कुनै पनि हालतमा हराउन नसक्ने भन्दै सम्पूर्ण पार्टीहरु एक भएर चुनावमा लड्नुपर्ने बताउनुभयो । केपी ओलीको पक्षमा देशभर जनलहर सिर्जना भइरहेको प्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा दलहरुसँग मोर्चा बनाएर केपी शर्मा ओलीलाई चौथो पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेससँग सरकारमा सहकार्य र चुनावी तालमेल गर्नुपर्ने उल्लेख गर्दै उहाँले एमालेलाई हराउन माओवादी, कांग्रेस, जसपा, मोहन विक्रम सिंह नेतृत्वको राष्ट्रिय जनमोर्चा, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीसँग मोर्चा बन्नसक्ने सम्भावना रहेको बताउनुभयो ।

नयाँ सरकार गठनसँगै चुनावमा केपी ओलीलाई हराउन आलीले नेतृत्व गरेको बाहेकका दलहरुको मोर्चा बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘हामीहरु र नेकपा एमालेको एउटा पक्षसँग मोर्चा त बनिराखेकै छ । माधवकुमार नेपाल समूहका नेताले आफूहरुले भन्दा राम्रो बोलेका छन् । अर्कोले डिभोर्स गरिदिए पनि त्यो लभ त गएको छैन नि ।’