महोत्तरी, २८ चैत । महोत्तरीको औरहीमा आफैले चलाएको ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आज औरही नगरपालिका १ मा ‘अनटेस्ट’ ट्रयाक्टर दुर्घटना हुँदा त्यही ट्रयाक्टरका चालक ४० वर्षीय विजय महतो सुडीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै खेतबाट काटेर राखेको गहुँ ल्याउन जाँदा स्थानीय पोखरीको नजिक दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका विजयको उपचारको लागि बर्दिबासमा रहेकाे शुभ स्वस्तिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
ट्रयाक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने शवलाई पोस्टमार्टमको लागि जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्