राजनीति

वडा अध्यक्ष मालीको निधन



काठमाडौँ, ३० चैत । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष राजकुमार मालीको निधन भएको छ ।

मस्तिष्कघात भएपछि ललितपुरको वयोधा अस्पतालमा उपचाररत उहाँको आइतबार साँझ निधन भएको कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले जानकारी दिनुभयो ।

सोमबार उहाँलाई श्रद्धाञ्जली दिने र नगरपरिक्रमासहित अन्तिम संस्कार गरिने मेयर महर्जनले बताए । माली नेकपा एमाले काठमाडौँ जिल्ला कमिटी सदस्यसमेत हुनुहुन्थ्यो ।