काठमाडौं,६ बैशाख । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले स्थानीय तहको निर्वाचन टार्ने षड्यन्त्र भइरहेको दाबी गरे ।
सकेसम्म निर्वाचन टार्ने र सम्भव नभए सार्ने खेल शूरु भएको महासचिव पोखरेलको आरोप छ ।
स्थानीय तह निर्वाचनका लागि घोषणपत्रमा के कस्ता विकासमुखी कार्यक्रम राख्ने भनेर बुद्धिजीवीहरुसँग भएको छलफल कार्यक्रममा उनले –संबिधान जारी हुने समयमा संबिधान जारी हुनबाट रोक्न लागिपरेका तत्वहरु अहिले बिभिन्न वहानामा निर्वाचन असफल बनाउने अभियानमा लागेको वताए ।
बौद्धिक समुदायको उपस्थितिमा आयोजित कार्यक्रममा चुनावी घोषणापत्र लेखन समितिका सदस्य प्रदीप ज्ञवालीले आगामी घोषणापत्रमा समावेश गरिने विषयका मुख्य बुँदाबारे जानकारी गराए । । उनले एमाले नेतृत्वको सरकार केन्द्र र स्थानीय तहमा कम्तीमा पाच बर्ष रहे समृद्धिका लागि के के समेट्न सकिन्छ भनेर तयारी गरीरहेको वताए । एमालेको घोषणापत्रले नेपालीहरुको विकासप्रतिको निराशालाई तोड्ने सचिव ज्ञवालीले दावी गरे ।
प्रतिक्रिया दिनुहोस्