समाचार

आजको मौसम



काठमाडौँ, ३० चैत । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने धेरै स्थानमा तुँवालो लागेको छ । काठमाडौं उपत्यकामा रहेको वायु प्रदूषण साँझसम्म केही कम हुने भएको छ । अहिले काठमाडौंको भिजिविलिटी ३ किलोमिटर छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ भने देशका पहाडी भू–भागका थोरै स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा अपराह्न पछि छिटपुट वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । ठूलो पानी परेपछि तथा हावाहुरी चलेपछि वायु प्रदूषण हट्ने छ । देशका धेरै ठाउँमा लागेको डडेलोका कारण वायु प्रदूषण उच्च भएको हो ।