काठमाडौँ, ३० चैत । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विगत तथा वर्तमान समयमा माधव कुमार नेपालको नेतृत्वमा भइरहेका गतिविधिहरु तथा त्यसको सीमा आफुले नियालीरहेको बताउनुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीलाई ध्वस्त पार्न खोजे त्यसको हिसाव किताम हुने चेतावनी दिनुभएको छ । आत्मालोचना गरेर पार्टीमा फर्किन पार्टीका नेता नेपाललाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र विगतमा आफुले गरेका अपराधपूर्ण गतिविधिलाई सच्याउँदै गल्ती स्वीकारेर आए कुनै समस्या नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले पनि पार्टीबाट निष्कासन गरेका छैनौं । आत्मालोचना गरेर फर्किनुस्, पार्टीमा विना भेदभाव काम गर्न दिन्छौं । माधव नेपालजी आएर काम गर्नुहुन्छ भने अहिलेसम्म गरेका अपराधपूर्ण कामको आत्मालोचना गर्नुस् ।’
पार्टीलाई ध्वस्त पार्न खोज्ने तथा गुटबन्दी गरेर आउनेलाई स्वीकार गर्न नसकिने उल्लेख गर्दै उहाँले पार्टी भित्रको आन्तरिक गतिविधिहरुमा आफूलाई जति भनेपनि सहनेसमेत बताउनुभयो । नेता नेपालले अहिले पनि आफु र पार्टीको विरुद्धमा विभिन्न प्रकारका गतिविधिहरु गररिरहेको साथै अपराधिकपूर्ण कुराहरु बोलिरहेको भन्दै उहाँले भन्नुभयो, ‘म सीमा हेरिरहेको छु । आवश्यकता अनुसार छलफल तथा हिसावकिताव हुन्छ ।’










प्रतिक्रिया दिनुहोस्