काठमाडौँ, ३१ चैत । सरकारले पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई दोस्रो डोज खोप आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले भारतमा उत्पादित कोभिसिल्ड खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्