काठमाडौँ, १ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले जस्तोसुकै प्रतिकूलता, कठिन परिस्थिति र पीडामा पनि मुस्कुराउन सक्ने नेपालीको विशेषता भएको उल्लेख गर्नुभएको छ ।
नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले उहाँले विषम परिस्थितिका बीच हाम्रो घरआँगनमा आइपुगेको नयाँ वर्ष स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्णरुपमा पालना गरेर हर्षका साथ मनाउनु हुन आग्रह गर्नुभएको छ । देश–विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सु–स्वास्थ्य, उत्तरोत्तर प्रगति एवं राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका लागि कामना गर्नुभएको छ ।
उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ, ‘विसं २०७८ शुभारम्भसँगै हामीले २०७७ लाई बिदाइ गरेका छौँ । बितेका वर्ष हाम्रा लागि सुखद् रहन सकेन । विश्वव्यापी महामारी कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन ९बन्दाबन्दी० बीच स्वागत गरिएको २०७७ सालभरि हामीले महामारीको असर भोगिरह्यौँ ।’
रोना भाइरसको महामारी नेपालमा चाँडै नियन्त्रण हुने र प्रतिकूलताको बीच पनि देश ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न निरन्तर अगाडि बढिरहने विश्वास व्यक्त गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्