ललितपुर, १ बैशाख । ललितपुरको बाग्मती गाउँपालिका-७, गिम्दीमा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लागेका शिक्षक पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत, ललितपुरको आदेशले पीडितको भिनाजु नातासमेत पर्ने उनलाई थुनामा पठाउन आदेश दिएको हो ।
अदालतको आदेशपछि उनलाई नख्खु कारागार चलान गरिएको हो । पीडित किशोरीले दुई महिनाको गर्भवती भएपछि गिम्दी बाल क्लब सञ्जालका साथीहरुलाई खबर गरेकी थिइन् । त्यसपछि यो घटना प्रहरीसम्म पुगेको थियो ।
परिवारको दबाबका कारण उनले किटानी जाहेरी दिन मानेकी थिइनन् र आफूलाई केही पनि नभएको दाबी गरेकी थिइन् । तर, प्रहरीले गरेको काउन्सिलिङपछि उनले आफूमाथि भिनाजुले जबरजस्ती करणी गरेको स्वीकारेकी थिइन् । परिवारबाट दिइएको प्रलोभन र धम्कीका कारण पहिले घटनाबारे नबताएको खुलाएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्