काठमाडौँ, २ बैशाख । नेकपा एमाले नेतृत्वको सरकार र जनता समाजवादी पार्टीले गठन गरेको कार्यदलबीच छलफल भएको छ ।
छलफलमा सरकारको तर्फबाट मुद्दा फिर्ता र बन्दी रिहाइको सम्बन्धमा गरिरहेको कार्यको बारेमा ब्रिफिङ’ भएको छ । जसपा नेपालले चैत २६ गते २०८ जना नेता तथा कार्यकर्ता रिहाइका लागि गृहमन्त्रालयमा बुझाएको फाइलको बारेमा छलफल भएको थियो ।
जसपा नेपालले बुझाएको फाइलको बारेमा गृहमन्त्रालयले अध्ययन थालेको र चाँडै नै जिल्ला जिल्लामा सर्कुलर पठाएर बन्दी रिहाइको प्रकृया थाल्ने सरकारको तर्फबाट गठन भएको कार्यदलले भनेको जसपा नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । नेता कर्णले सरकारले प्रकृया सुरु गरेको कारण आफूहरु सकारात्मक रहेको तर काम नभएसम्म ढुक्क हुने अवस्था नरहेको बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई समर्थन गर्न आग्रह गर्नुभएको प्रति पनि नेता कर्णले सकारात्मक रहेको जानकारी गराउँदै उहाँले भननुभयो, ुप्रधानमन्त्री अोलीले आज मात्र होइन, सरकारलाई समर्थन गर्न, सरकारमा आउन सधै आग्रह गर्दै आउनु भएको छ, हामीले हाम्रो माग पुरा भएपछि मात्र त्यसको बारेमा निर्णय लिने भन्दै आएका छौं ।’










प्रतिक्रिया दिनुहोस्