सप्तरी, ३ बैशाख । हात्तीले आक्रमण गर्दा सप्तरीमा एकजना व्यक्तिको मृत्यु भएको छ ।
प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका-१ कोसी व्यारेज घर भएका ५८ वर्षीय नारायण प्रमाणीको आज बिहान मृत्यु भएको हो ।
कोसी व्यारेजको गोलघर छेउमा काटेर राखेको गहुँ बालीलाई पहरा दिन गएको नारायणलाई बिहान ३ बजे हात्तीले आक्रमण गरेको थियो । उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्