Banner News

थप ८४३ जनामा कोरोना संक्रमण, २२६ जना डिस्चार्ज



काठमाडौँ, ४ बैशाख । थप ८ सय ४३ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८३ हजार ६ सय ५८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ५५ सय ४५ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय २६ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७५ हजार ३८ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ७५ जना पुगेको छ ।