काठमाडौँ, ५ बैशाख । थप १ हजार ९६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८४ हजार ७ सय ७३ जना पुगेको छ ।
आज ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९० जना रहेको छ ।
मन्त्रालयका अनुसार आज २ सय ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७५ हजार ३ सय जना रहेको छ । आज ८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३ हजार ८३ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्