Banner News

थप २३५१ जनामा कोरोना संक्रमण, २८७ जना डिस्चार्ज



काठमाडौँ, ८ बैशाख । थप १२ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ८९ हजार ७ सय ८७ जना पुगेको छ ।

काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ८७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७६ हजार ९३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३१ हजार १२ जना पुगेको छ ।