समाचार

९ वर्ष मुनिका ४३ बालबालिकामा कोरोना संक्रमण



काठमाडौँ, ८ बैशाख । पछिल्लो २४ घण्टामा ० देखि ९ वर्ष उमेर समूहका ४३  जना बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ० देखि ९ वर्ष उमेर समूहका ४३  र १० देखि १९ वर्ष उमेर समूहका भने १५० बालबालिका कोरोना संक्रमित भएका हुन् ।

यस्तै देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।