Banner News

अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो



काठमाडौँ, ९ वैशाख । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

आज पनि काठमाडौंको नक्शालस्थित मेरियट होटलमा १ बजेदेखि भएको अध्यक्ष ओली र नेपालबीच भेटवार्ता सकिएको हो । वार्तामा भएको कुराकानी र निष्कर्ष भने सार्वजनिक भइसकेको छैन ।

आजको भेटवार्ताकै क्रममा दुई नेताले कोठाको झ्यालबाट धरहरा नियालिरहेको तस्वीर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका छन ।

थापाले दुबै नेताले धरहरा हेरिरहेको बताएका छन्। तस्बिर राखेर थापाले लेखेका छन्- प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नु हुँदै।