Banner News

थप २४२८ जनामा कोरोना संक्रमण, २५२ जना डिस्चार्ज



काठमाडौँ, ९ बैशाख । थप २४ सय २८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ९२ हजार १ सय ५२ जना पुगेको छ ।

१० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्‍मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय ९० जना रहेको छ ।

मन्त्रालयका अनुसार आज २ सय ५२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३१ हजार १७ जना पुगेको छ ।