समाचार

पशुपतिनाथमा पूजाआजा गर्न रोक



काठमाडौँ, ९ बैशाख । कोरोना भाइरसका संक्रमितको संख्या  बढेसँगै पशुपति मन्दिरमा पूजाआजाका लागि भक्तजनलाई रोक लगाइएको छ ।

भोलीदेखि लागू हुने गरी अर्को व्यवस्था नहुन्जेल भक्तजनले पशुपतिनाथमा पूजाआजा गर्न पाउने छैनन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मिलनकुमार थापाले सूचना जारी गरेर पशुपतिनाथलगायत मन्दिरमा नित्य पूजाबाहेक अन्य पूजा नहुने जनाएका छन् ।

‘पशुपतिनाथ मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ ।