राजनीति

अध्यक्ष थापाद्वारा प्रधानमन्त्री ओलीको उच्च प्रशंसाः यस्ता छन् ५ कारण



काठमाडौँ, १० वैशाख । सत्ता स्वार्थ तथा कुर्सीका लागि लडाई गर्ने बाहेकले प्रधानमन्त्री ओलीको विकास र समृद्धिको यात्रालाई उच्च प्रशंसा गर्ने गरेका छन् । विगतका सरकारको नेतृत्वकालमा विकास निर्माणका काममा हुने गरेको तर वर्तमान प्रधानमन्त्री ओलीको नेतृत्व आएसँगै देशभरका अल्पकालित, दिर्घकालिन, साना तथा ठूला जस्तोसुकै आयोजनाहरु तिव्र गतिमा भइरहेका छन् । जुन तथ्यगत रुपमा जनताले देख्ने र भोग्ने गरी भइरहेका छन् ।

यसै क्रममा राप्रपाका अध्यक्ष कमल थापाले समेत प्रधानमन्त्री ओली तथा आयोजना निर्माणको जिम्मा लिने सम्पूर्णलाई प्रशंसा गर्नुभएको छ । अध्यक्ष थापाले पाँच कारण प्रधानमन्त्री ओली, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण तथा नेपाली सेनाको कदमलाई उच्च प्रशंसा गर्नुभयो ।

अध्यक्ष थापाले प्रशंसा गरिएका पाँच आयोजनाहरुले मुलुकको शिर उचो बनाएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘२०७२ सालको महाभूकम्पबाट ध्वस्त धरहरा, रानीपोखरी, नेपाली सेनाको मुख्यालय, दरवार हाइस्कूलको पुनर्निर्माण र नयाँ स्वरुप प्रशंसनीय छ र राम्रो छ । यिनीहरूले काठमाडौँको सौन्दर्य बढाएका छन् । पुनर्निर्माणमा संलग्न सबै बधाई र धन्यवादका पात्र छन् । @Sushilgyewali @kpsharmaoli @NepalArmy’