Banner News

थप २५५९ जनामा कोरोना संक्रमण, ४१० जना डिस्चार्ज



काठमाडौँ, १० बैशाख । थप २ हजार ५ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७ सय २४ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ४ सय १० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७६ हजार ७ सय ५५ जना रहेको छ । आज ५ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३१ हजार १२ जना पुगेको छ ।