समाचार

आजको मौसम



काठमाडौँ, १२ बैशाख । हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

त्यस्तै आज देशका धेरैजसो स्थानहरुमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक दुइ स्थानमा मेघ गर्जन सहित हल्का बर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।