काठमाडौँ, १५ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्ने भएको छ ।
यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भन्दै स्थगित गरिएको थियो । एक सयभन्दा बढी केन्द्रीय सदस्यहरूको स्वाब संकलन गरेर परीक्षण गरिएकोमा नेताहरूमा कोरोना नदेखिएको कांग्रेसले जनाएको छ ।
आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठक बस्ने तयारी छ । १४ औं महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रम, क्रियाशील सदस्यतालगायत विषयमा आज केन्द्रीय समितिमा छलफल हुने नेताहरूले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्