Banner News

थप ४८९७ जनामा कोरोना संक्रमण, ७७३ जना डिस्चार्ज



काठमाडौँ, १५ बैशाख । थप ४८ सय ९७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ३ लाख १२ हजार ६ सय ९९ जना पुगेको छ ।

पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ९ जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ७ सय ७३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या २ लाख ७९ हजार २ सय ७९ जना रहेको छ । आज १८ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ३१ हजार ९४ जना पुगेको छ ।