राजनीति

तत्काल वैकल्पिक सरकार बन्ने सम्भावना छैन : सभापति देउवा



काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल बैकल्पिक सरकार बन्न नसक्ने बताउनुभएको छ ।

शुक्रबार नीजि निवास बुढानिलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले वैकल्पिक सरकार गठन गर्न संख्या नै पुग्ने बताउनुभयो । उहाँले त्यस्तो सरकार गठन गर्न आफूहरुसँग आवश्यक संख्या नै नपुग्ने भएकाले त्यो सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले वैकल्पिक सरकार गठनका लागि तत्काल जसपाले निर्णय गरेर आउनेमा पनि आफु विश्वस्त नभएको धारणा व्यक्त गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ‘बहुमत चाहिन्छ कि चाहिँदैन रु बहुमत त चाहिन्छ नि १ अहिलेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था छैन । यद्यपी पहल जारी छ । तत्कालै जसपाले पनि वैकल्पिक सरकार गठन गरेर आउने सम्भावना छैन । त्यसकारण यस्तो अवस्थामा तत्काल वैकल्पिक सरकार बन्ने अवस्था छैन ।’