समाचार

आफैँ चढेको टिप्परले किच्दा एक जनाको मृत्यु



धादिङ, १९ बैशाख । धादिङको गल्छी गाउँपालिका-५ तीरतीर खोलामा टिप्परले किच्दा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको मृत्यु भएको हो ।

टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेका उनको  मृत्यु भएको हो जनाइएको छ । घटनापछि टिप्पर चालक भागेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।