काठमाडाँ, २० वैशाख । पछिल्लो २४ घण्टामा थप सात हजार ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ४३ हजार ४ सय १८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २ हजार २१ जना रहेको छ । हालसम्म २ लाख ८६ हजार ०१५ जना निको भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५४ हजार ०४१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ३ हजार ३ सय ६२ जनाले ज्यान गुमाएका छन् ।










प्रतिक्रिया दिनुहोस्