Banner News

सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख यादवद्वारा पदभार ग्रहण



धनगढी, २४ वैशाख । सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गर्नुभएको छ ।

सप्तरी निवासी यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको जानकारी दिनुभयो ।

पदभार ग्रहण गर्दै उहाँले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताउनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।