सम्पादकीय

मेलम्चीको पानि साउनबाट वितरण गर्ने तयारी



काठमाडौ. ८ वैशाख ।  मेलम्ची खानेपानी आयोजनाले अगामी साउनबाट खानेपानी वितरण गर्ने तयारी गरेको छ । आयोजनाले साउनको दोस्रो हप्तापछि वर्षामा बढेको बागमतीको पानीलाई परीक्षणको रुपमा प्लान्टमा ल्याई खानेपानीको रुपमा वितरण गर्ने जनाएको छ ।

आयोजनाले परीक्षणका रुपमा साउनको तेस्रो हप्तादेखि राजधानीमा पानी पठाउन सुरु गर्ने पानी प्रशोधन केन्द्रका उपप्रमुख प्रकाश श्रेष्ठले जानकारी दिए । मेलम्चीको सुरुङ खन्ने काम सकिएसँगै असोजको दोस्रो हप्तापछि पुर्ण रुपमा पानी वितरण गर्ने लक्ष्य रहेको उनको भनाई छ ।

त्यसरी पठाइएको पानी सुरुमा फोहर आएपनि केही दिनमै सफा र पूर्णरुपमा खानयोग्य हुने केन्द्रका उपप्रमुख श्रेष्ठले बताए । पहिलो चरणमा राजधानीबासीलाई दैनिक १७ करोड लिटर वितरण गर्ने तथा दोस्रो र तेस्रो चरणमा यांग्री र लार्के नदीको समेत पानी ल्याएर दैनिक ५१ करोड लिटर पानी वितरण गर्ने आयोजनाको लक्ष्य छ । केन्द्रका लागि आयोजनाले साढे तीन अर्ब रुपैयाँ बजेट छुट्टाइएको बताएको छ । कान्तिपुरमा समाचार छ ।