काठमाडौँ, ३० बैशाख । थप ८ हजार ९ सय ६० जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २ सय ७ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ५ हजार ५५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख २१ हजार ५ सय १८ जना रहेको छ । आज २१४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ४ हजार ४ सय ६६ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्