Banner News

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता सकियो



काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भएको वार्ता सम्पन्न भएको छ ।

बुढानिलकण्ठमा भएको छलफलमा करिव वार्ता मिलेको नेता नेपालले जानकारी दिनुभयो । वार्तामा सर्वोच्चको फैसला अनुसारको अवस्थाबाट अगाडी बढ्ने, फागनु २८ गतेको अवस्थामा फर्कने, आपसी छलफलको माध्यमबाट पार्टीभित्रको विवाद समाधान गर्ने, विवाद समाधान गर्न कार्यदल गठन गर्ने, सांसदबाट राजिनामा नदिने, छलफललाई निरन्तरता दिने लगायतका विषयमा सहमति भएको नेता नेपालले बताउनुभयो ।