समाचार

मौसम पूर्वानुमान



काठमाडौँ, ३ जेठ । हाल अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तौ ते नाम गरेको सामुद्रिक आँधीको प्रभाव देशको पश्चिम क्षेत्र हुँदै काठमाण्डौ उपत्यकासम्म देखिएको छ । सामुद्रिक आँधीको प्रभाव अहिले सामान्य रुपमा देखिएको र दिउँसो पछि देशका धेरैजसो ठाउँमा बादल लाग्न थाल्ने छ । पर्सि बुधबारदेखि पश्चिमी क्षेत्रमा प्रभाव बढेर पानी पर्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

आँधीको प्रभावका कारण नेपालको मध्य र पश्चिम तराईका जिल्लामा असर पर्ने अनुमान गरिएको छ । तर अरब सागर टाढा रहेकोले त्यहाँ विकसित भएको बादल कता जान्छ भन्ने कुरा यकिन नहुने भएकोले भरे बेलुकीसम्मको अवस्था हेरेर नेपालमा पर्ने प्रभावबारेमा थप थाहा हुने महाशाखाले जनाएको छ ।