Banner News

थप ९२४७ जनामा कोरोना संक्रमण, ५७६७ जना डिस्चार्ज



काठमाडौँ, ३ जेठ । थप ९ हजार २ सय ४७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ६४ हजार २ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४ सय ८० जना रहेको छ ।

मन्त्रालयका अनुसार आज ५ हजार ७ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ जना रहेको छ । आज २१४ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ जना पुगेको छ ।