काठमाडौँ, ४ जेठ । हाल अरब सागरमा विकसित भएको सामुद्रिक आँधीको प्रभाव नेपालमा देखिन थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पूर्वीमध्य अरब सागरमा बनेको शक्तिशाली सामुद्रिक आँधी ताउ-तेको प्रभाव मंगलबार बिहानदेखि नेपालमा पनि परेको छ । ताउ-ते सामुद्रिक आँधीले हिजो राति जमिनमा प्रवेश गरिसकेको र त्यसको असर नेपालमा पनि देखिएको जनाएको छ ।
अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-ते को प्रभाव रहेको महाशाखाले जनाएको छ । आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्