काठमाडौँ, ५ जेठ । हाल अरब सागरमा विकसित भई भारतको गुजरात राज्य आसपासमा रहेको सामुद्रिक आँधी ताउ-तेको प्रभावले नेपालमा पनि परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पुर्ण बदली रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक /दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।
त्यस्तै आज राती देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।










प्रतिक्रिया दिनुहोस्