काठमाडौँ, ६ जेठ । हाल भारतमा आएको चक्रवातका कारण मौसम बद्ली भएर पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज दिनभर नै झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने राति कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा समेत ठूलो पानी पर्न सक्ने महाशाखाको अनुमान छ ।
यस्तै हिमाली भेगमा पनि भारी हिमपात र वर्षाको सम्भावना रहेको र नदीहरुमा बाढीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध गरेको छ । शनिवारसम्म नै मौसम बद्ली हुने महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्