राजनीति

जसपाको कार्यकारिणी समितिका पदाधिकारी बैठक स्थगित



काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी (जसा)को कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुको बैठक स्थगित भएको छ ।

कोरोनाको संक्रमण दर नेपालमा उच्च बन्दै गएकाले तत्कालको अवस्थामा जेठ ८ र ९ गने बस्ने भनिएको बैठक बस्न नसकिने भन्दै बैठक स्थिगित भएको छ । अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ती जारी गर्दै वैठक अनिश्चित कालको लागि स्थगित गरिएको छ ।

यो सँगै नयाँ सरकार गठन गर्न जसपाले विपक्षी गठबन्धन तथा सरकारलाई समर्थ वा आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने विषयमा आधिकारीक निर्णय गर्ने सम्भावना टरेर गएको छ ।