काठमाडौँ, ७ जेठ । थप ८ हजार ६ सय ७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा आजसम्म सक्रिय संक्रमितको संख्या १ लाख १६ हजार १ सय ९२ जना रहेको छ ।
मन्त्रालयका अनुसार आज ७ हजार ८ सय ९० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ३ लाख ७४ हजार ८ सय ३६ जना रहेको छ । आज १७७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ६ हजार २४ जना पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्