काठमाडौँ, ८ जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालको विरोध गर्ने प्रवृत्तिले गर्दा प्रधानमन्त्री केपी ओली प्रति जनताको झनै बढि सहानुभूती बढ्दै गएको बताउनुभएको छ ।
नेता नेपाल पछिल्लो समय आफ्नै पार्टीलाई तहसनहस बनाउने प्रयासमा लागिरहुनभएको भनि कार्यकर्ताद्वारा समेत तिव्र ओलोचना भइरकेको समयमा आफ्नो असंसदीय तथा अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको एकोहोरो विरोधमात्र गर्ने प्रवृत्तिले ओलीको उचाई बढ्दै गएको धारणा उहाँले राख्नुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘आफ्ना असंसदीय र अराजनीतिक कर्मको कुनै कमजोरी नदेख्ने र प्रमको एकोहोरो विरोधगर्ने प्रवृत्तिलेनै जनतामा क. ओलीप्रति सहानुभूती बढ्दै छ ।’
नेता नेपालले हिजो प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस, माओवादी, जसपा (उपेन्द्र–बाबुराम) पक्षको गठबन्धनसँग सहकार्य गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो पक्षका २६ जना सांसदहरुको हस्ताक्षर गराउनुभएको थियो । त्यस्तै बाग्मती प्रदेशको राष्ट्रिय सभाको निर्वाचनमा पार्टीको उम्मेदवार रामबहादुर थापा बादललाई हराउन स्वतन्त्र उम्मेदवार डा. खिमलाल देवकोटालाई जिताउन आफ्नो पक्षका सांसदहरुलाई मतदान गर्न निर्देशन दिनुभएको थियो । त्यस्तै कर्णाली प्रदेशमा समेत पार्टीको ह्वीपलाई उल्लघंन गरी माओवादी पक्षमा मतदान गर्न निर्देशन दिनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्