राजनीति

प्रधानमन्त्री ओलीको कदमलाई विप्लवद्वारा समर्थन



काठमाडौँ, ८ जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई समर्थन गर्नुभएको छ । विप्लवले अबका दिनमा संयुक्त सरकार बनाएर अगाडी बढेमा आफुहरु तयार रहेको बताउनुभएको छ ।

शनिबार प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै विप्लवले जारी गरेको विज्ञप्तिमा २०७३ सालदेखि पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आएकोमा अहिले आएर पार्टीको निष्कर्ष सही सावित भएको उल्लेख गर्नुभएको छ ।