राजनीति

अध्यक्ष थापाको पाँच बुँदे कार्यदिशा: स्वास्थ्य संकटकालदेखी चुनावसम्म



काठमाडौँ, ८ जेठ । राप्रपाका अध्यक्ष कमल थापाले वर्तमान मुलुकको अवस्थालाई मध्यनजर गर्दै आफ्नो पाँच बुँदे दृष्टिकोण सार्वजनिक गर्नुभएको छ ।

त्ताको लुछाचुँडीको अन्त्य गर्न निर्वाचनमा जानु अहिलेको अपरिहार्यता भइसकेको उल्लेख गर्दै अध्यक्ष थापाले अब सरकारले स्वास्थ्य संकटकाल लगाई आम नागरिकको जीवन रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँका पाँच बुँदे कार्यदिशा,

-स्वास्थ्य संकटकाल घोषणा गर्ने,

-सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत परिचालनगरी ३महिना भित्र कोरोना महामारी नियन्त्रण गर्ने,

-आम नागरिकलाई खोपको व्यवस्था गर्ने,

-चुनाव निष्पक्ष र स्वतन्त्ररूपमा सम्पन्न गर्न आवश्यक व्यवस्था गर्ने,

-चुनावबाट ब्रम्हलुट र सर्वसत्तावाद पराजित गर्ने